काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको बिजुली निर्यात गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली साउनमा भारत निर्यात गरेको हो । बिजुली निर्यातबाट साउनमा औसतमा दैनिक पाँच करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९...