काठमाण्डाै - नेपालले मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि भारत निर्यात गर्न थालेको छ । गएरातिदेखि मध्य मर्स्याङ्दीसहित पाँच वटा आयोजनाको ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए । नेपाली विद्युतले भारतीय बजारमा भाउ पनि राम्रो पाइरहेको छ। गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि प्रतियुनिट औसत भारतीय छ रुपैया...