काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग (पिक डिमान्ड) एक हजार ६ सय ४३ मेगावाट छ । यो माग बेलुकी र बिहानको समयको हो ।
दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । त्यही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात गर्न थालेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधवार मध्यरातदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात भएका ...