काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३ सय ६४ मेगावाट विद्युत् शुक्रवारबाट भारत निर्यात गर्न सुरु गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गएकाे १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दर बिक्री सुरु गरेको थियो ।
भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
गत चैतमा प्रधानमन्त्री श...