शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको छ । मन्त्रालय र महासंघबीच आज सो सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्राल