काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आइतबार नयाँ सरकार गठन भयो। त्यही वेला नेताहरूले विभिन्न मन्त्रालय रोज्दै पाउनका लागि दाबी गरे। तर शिक्षा र स्वास्थ्य मन्त्रालयमा भने कुनै पनि दल र नेताले दाबी गरेनन्।अधिकांशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शिक्षा मन्त्रालय वा स्वास्थ्य मन्त्रालय रोज्लान् भन्ने अपेक्षा लिएका थिए। तर उनले गृह मन्त्रालय रोजे। उनीसँगै प्रचण्ड नेतृत्वको सरकारका ८ जना मन्त्रीले सोमबार पद तथा