एजेन्सी। कोरोनाको दोस्रो लहरमा अक्सिजन अभावले पीडित भारतले सम्भावित तेस्रो लहरसँग जुध्न ‘प्रोजेक्ट अक्सिजन’ सुरु गरेको छ। प्रोजेक्टको उद्देश्य अक्सिजनको वर्तमान माग पूरा गर्नु, मेडिकल अक्सिजन निर्माणका साथै भविष्यमा अक्सिजन आपूर्ति पर्याप्त गरिने रहेको छ। प्रधान वैज्ञानिक सल्लाहकारको कार्यालयअन्तर्गत यो प्रोजेक्ट चलाइने बताइएको छ।