कोरोना संक्रमणको दोस्रो लहर चलिरहेकोमा विज्ञहरूले तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।
भारतको केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक विजय राघवनले दोस्रो लहरपछि तेस्रो लहर पनि आउने बताए ।
पत्रकार सम्मेलन गर्दै उनले भने, ‘तेस्रो लहर पनि आउँछ । तर कहिले आउँछ र कति खतरनाक छ भन्ने कुरा अहिले नै भन्न सकिन्न । कोरोनाभाइरसको भेरिएन्ट लगातार परिवर्तन भइरहेको छ । त्यसैले तेस्रो लहरका लागि तयार भएर बस्नुपर्नेछ ।’
खोपहरू प्रभावकारी रहेको तर वैज्ञानिकहरू त्यसलाई अप्ग्रेड गर्न लागिपरेको उ...