एजेन्सी । चिनियाँ सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले गत वर्ष गल्भान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज सार्वजनिक गरेको छ । गत वर्ष जुनमा ती दुई देशका सैनिकबीच झडप भएको थियो । उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । चीनले झडपलगत्तै आफ्नो क्षतिबारे केही नबताए पनि केही दिनअघि मात्र आफ्ना ४ सैनिक मारिएको स्वीकार गरेको छ ।सार्वजनिक गरिएको भिडियोमा भारत र चीनका सैनिकबीच चर्को रुपमा आरोप प्रत्यारोप गरेको दृष्य समेत देख्न सकिन्छ । भिडियोमा दुबै पक्षका सैनिक अधिकारीह