भारत र चीनबीच सीमा फेरी एक पटक तनाव बढेको छ । बुधबार भारत र चिनियाँ सैनिकबीच प्यागोम झील नजिक झडप भएको हो । विवाद यति सम्म बढ्योकि दुवै देशका सेनाकाबीच ब्रिगेडियर तहमा मिटिङ भएपछि घटना शान्त भएको थियो ।
सुत्रका अनुसार १३४ किलोटिरको फेलीपेगोम झीलको उत्तरी किनारामा भारतीय तथा चिनियाँ सैनिकबीच मुक्का मुक्की भएको थियो । यो झीलको दुई तिहाई हिस्सामा चीनको नियन्त्रण रहदै आएको छ ।