पोखरा – तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा दङ्ग परे ।
सङ्घको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा पर्यटकलाई रेन्वो चिल्ड्रन होमका बालबालिकाले टीका, माला, ढाका टोपी र सल लगाइदिएका थिए ।
बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्य...