काठमाडाैं : तिहारको अन्तिम तथा मुख्य दिन आज भाइटीका लगाएर मनाइएको छ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई विभिन्न मनोकामना ब्यक्तगर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाएका छन्।कतिले नेपाल पन्चाङ्ग निर्णायक विकास समितिले दिएको विहान ११ बजेर २ मिनेटको उत्तम समयमा टीका लगाए भने कतिले आफ्नो समय अनुकुल विहानदेखि बेलुकीसम्म टीका लगाए।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिए। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर–मसला एवं सेलरोट