काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाईँदैछ ।
भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् ।
भाइटीकाको मुख्य साइत ११ बजेर ३७ मिनेटमा भएपनि आज दिनैभरी टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
साइतमा लगाउनेहरु यतिबेला टीका लगाउन व्यस्त छन् । यस वर्ष भाइटीका लगाइदि...