काठमाण्डाै - यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए ।
भाइटीकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । यसपालिको तिहारमा फलफूल र फूलमालाको आयात बढेको छ । यसपालि साढे चार लाख फूलमाला भारतबाट आयात भयो भने साढे २४ लाखभन्दा धेर...