साझा पार्टी नेपालको चुनाव चिह्न लिएर मिलन पाण्डेले गराए उम्मेदवारी दर्ता

२३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नं. ९ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन आयोगमा साझा पार्टी नेपालको नाममा दर्ता भएको पार्टीको ‘पाइला’ चुनाव चिह्नबाट उम्मेदवारी दिने गरी मनोनयन दर्ता गराएका हुन् । तत्कालीन पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै दस्तावेज ल्याएपछि पाण्डेले समानन्तर गतिविधि थालेका […]

सम्बन्धित सामग्री

उम्मेदवारको अन्तिम सूची तय, आयोगले दियो चुनाव चिह्न

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ, चितवन र बारामा हुने चुनावका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । चितवन र बारामा उम्मेदवारी दर्ता गराएका चारजनाले फिर्ता लिएका छन् । तनहुँबाट भने कसैले उम्मेदवारी फिर्ता...

जुम्लाका स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न ‘धारो’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूलाई जिल्ला निर्वाचन कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको छ । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो ।

मानुषी यमी भट्टराईले गरिन् काठमाडौं- ७ बाट उम्मेदवारी दर्ता

काठमाडौं :  नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेकी छन्।माओवादी केन्द्रको चुनाव चिह्न लिएकी उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्।

लौरो चुनाव चिह्न लिएर सुमन सायमिले काठमाडौं-८ बाट दर्ता गराए उम्मेदवारी

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका सुमन सायमिले काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दर्ता गराएका छन्। ताहाचलस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन पत्र दर्ता गराएका हुन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा लडेका उनी पराजित भएका थिए। उपत्यका सडक विस्तार पीडित…

कमल थापाद्वारा सूर्य चिह्नबाट उम्मेदवारी दर्ता

मकवानपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेकाे चुनाव चिह्न सूर्यबाट उम्मेदवारी दिनुभएको छ ।  थापाले आज आइतवार मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्य चिह्नबाट उम्मेदवारी दिनुभएको हो । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले सूर्य चिह्नबाटै उम्मेदवारी दिनुपरेको हो ।  थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा रहनुभएको छ । मकवानपुरका अरू सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ ।

सिरहामा काँग्रेसका बागीले जिते चुनाव

सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी भएका हुन् । स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।कांग्रेस वडा समितिको सिफारिसमा क्षेत्रीय संसदीय समितिले मण्डललाई टिकट दिने निर्णय गरेको थियो । तर, मेयरका उम्मेदवार तथा मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवले उनलाई टिकट दिएनन् । पार्टीबाट टिकट नपाएपछ

तुलसीपुर उपमहानगरपालिका–१७ : बुबाकाे ज्यान गएपछि छाेराकाे उम्मेदवारी दर्ता

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ को अध्यक्षका उम्मेदवार स्वर्गीय लबरु चौधरीका छोरा प्रदीप चौधरीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । चौधरीले आज बुधवार दिउँसो मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।  अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको हिजाे मङ्गलवार उपचारका क्रममा ज्यान गएपछि उहाँका छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको हो । भोलि बिहीवार बेलुका ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने भएको छ । ज्यान गुमाएका उम्मेदवारबाहेक अरू उम्मेदवारको यसअघि...

सुदूरपश्चिममा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो, उम्मेदवारको मनपरी

धनगढी : अहिले देशै निर्वाचनमय छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल सुदूरपश्चिममा पनि तातेको छ। निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेकाहरूलाई चुनाव चिह्न पनि प्रदान गरिसकेको छ।राजनीतिक दलहरूसँगै विभिन्न पदका उम्मेदवार अहिले भोट माग्नमा व्यस्त छन्। तर दल तथा उम्मेदवारहरू आचारसंहिता कार्यान्वयनमा भने चुकिरहेको देखिएको छ। घरदैलो अभियान सञ्चालन गरिरहेका उम्मेदवारलाई भने निर्वाचन आचारसंहिताले छोएको देखिन्न।अधिकांश पार्टी तथा उम्मेदवारहरू चुनाव प्रचारप्रसारको सवालमा नियम&nbs

मिश्राले पाइन् गुलाफको फूल चुनाव चिह्न

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको उपमेयरमा बागी उम्मेदवारी दिएकी रम्भा मिश्राले चुनवा चिह्न गुलाफको फूल पाएकी छन्। उनले शनिबार साँझ चुनाव चिह्न गुलाफको फूल पाएकी हुन्। उनी आबद्ध रहेको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएकी थिइन्। लोसपाकी केन्द्रीय सदस्यसमेत रहेकी मिश्रालाई उनको पार्टीले उपमेयरको टिकट […]

बागमतीमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारहरूलाई हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ ।  आइतवार निर्वाचन कार्यालयले आफ्नो निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो । चुनाव चिह्न लिन नेकपा एमालेले आफ्नो प्रतिनिधिको रुपमा सन्तोष पौडेल र कुमार केसीलाई पठाएको थियो भने एमालेले आफ्नै पार्टी चिह्न सूर्य पाएको छ ।  एमालेको तर्फबाट गोपाल शाख्य र  महिलातर्फ नीरकुमारी कुँवरले उम्मेदवारी दर्ता गराएका थिए ।&nb...