दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ को अध्यक्षका उम्मेदवार स्वर्गीय लबरु चौधरीका छोरा प्रदीप चौधरीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । चौधरीले आज बुधवार दिउँसो मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको हिजाे मङ्गलवार उपचारका क्रममा ज्यान गएपछि उहाँका छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको हो । भोलि बिहीवार बेलुका ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने भएको छ । ज्यान गुमाएका उम्मेदवारबाहेक अरू उम्मेदवारको यसअघि...