माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारहरूलाई हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ ।
आइतवार निर्वाचन कार्यालयले आफ्नो निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो ।
चुनाव चिह्न लिन नेकपा एमालेले आफ्नो प्रतिनिधिको रुपमा सन्तोष पौडेल र कुमार केसीलाई पठाएको थियो भने एमालेले आफ्नै पार्टी चिह्न सूर्य पाएको छ ।
एमालेको तर्फबाट गोपाल शाख्य र महिलातर्फ नीरकुमारी कुँवरले उम्मेदवारी दर्ता गराएका थिए ।&nb...