सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी भएका हुन् । स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।कांग्रेस वडा समितिको सिफारिसमा क्षेत्रीय संसदीय समितिले मण्डललाई टिकट दिने निर्णय गरेको थियो । तर, मेयरका उम्मेदवार तथा मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवले उनलाई टिकट दिएनन् । पार्टीबाट टिकट नपाएपछ