काठमाडौँ, २४ माघ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले प्रहरीमा जाहेरी दिएका छन् । मन्त्री यादवले माघ ५ गते रौतहटको एक कार्यक्रममा गौर नरसंहार दोहर्याउने धम्की दिएको प्रकरणमा पत्रकार दाहालले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटलाई जाहेरी दिएका हुन् । आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ […]