नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाका बाँकी काम प्रधानमन्त्रीकै कारण टुंग्याउन ढिलो भएको आरोप लगाउनुभएको छ । आइतबार नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंगको भेटवार्तामा उहाँले सो कुरा बताउनुभएको हो । भेटमा अध्यक्ष ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन नहुने बताउँदै पीडितहरुलाई ध्यानमा राखेर छिट्टोभन्दा छिटो …