नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सन् २०२१ मा करिब ८ अर्ब रूपैयाँ आम्दानी गरेको छ ।
केयर रेटिङ नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रूपैयाँ आम्दानी गरेको छ ।
उक्त आम्दानी मध्ये वर्ल्डलिंकले ४१ प्रतिशत रिटेल ग्राहक र ७ प्रतिशत कर्पोरेट ग्राहकबाट आम्दानी गरेको छ । सन् २०२० भन्दा सन् २०२१ मा...