सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै, करिव ८ अर्ब बजेट स्वीकृत

काठमाडौं, ७ फागुन। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक चार लेनमा बिस्तार हुने भएको छ। सडक विस्तार कार्य तीन वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो। काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ। सडक विस्तार ७ अर्ब ९४ करोड ५७ लाख रुपैयाँमा गर्न लागिएको हो।