काठमाण्डाै – नेपाल दूरसञ्चार कम्पनी एनटीसीको नाफा बढेर झन्डै साढे आठ अर्ब रुपैयाँ पुगेको छ । टेलिकमले आज साेमवार सार्वजनिक गरेको विवरणअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब २५ करोड ६ लाख रुपैयाँले धेरै हो ।
यस्तै टेलिकमको सञ्चालन आय पनि झन्डै ३८ अर्ब रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ३७ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ सञ्चालन आय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ९५ कराेड ४२ लाख रुपैयाँले धेर...