तथ्यांकोवाच : रू. ८ अर्ब ७७ करोडको आलु आयात

काठमाडौं (अस) । गत आर्थिक वर्षमा रू. ८ अर्ब ७७ करोड बराबरको आलु आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा आलु आयातको औसत वार्षिक वृद्धिदर करीब ३३ प्रतिशत रहेको छ । कृषि श्रमिकको कमी, आलु खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकलाई शोषक–सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदानयुक्त मुलुकको आलु उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम आलु उत्पादन हुन सकेको छैन । यसले आलुको आयातमा यसप्रकारको वृद्धि देखिएको हो । यस परिस्थितिलाई दृष्टिगत गर्दै आलु उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर हुन सक्छ । यहाँ प्रस्तुत तथ्यांकले आलुखेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक छ ।

सम्बन्धित सामग्री

डिजेल र पेट्रोलको आयात रकममा घट्यो, परिमाण बढ्यो

मुलुकमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल र पेट्रोल पर्दछ । यी दुई वस्तुको आयात साउनमा रकमका आधारमा घटेको छ भने परिमाणमा आधारमा बढेको छ । भन्सार विभागका अनुसार यो साउन महिनामा कुल ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । गत वर्षको साउनमा भने ८ अर्ब ९८ करोडको डिजेल आयात भएको थियो ।

प्रतिबन्धमा भन्दा पनि कम आयात

काठमाडौं । नेपालको वैदेशिक व्यापारको आकार आयातमा प्रतिबन्ध लागेको बेलाभन्दा पनि घटेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहीलो महीना पोहोर साउनको तुलनामा वैदेशिक व्यापार घटेको तथ्यांक भन्सार विभागले बुधवार सार्वजनिक गरेको हो ।  प्रतिबन्ध नलागेको अवस्थामा पनि आयात घटेको तथ्यांकले आयातमा निर्भर राजस्व प्रणाली भएको नेपालमा राजस्व संकलन अझै खस्किने संकेत गरेको छ ।  सरकारले आर्थिक वर्ष २०७९/८० को यथार्थको तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ मा ४८ दशमलव ६२ प्रतिशतले राजस्व (कर र गैरकर) संकलन बढाउने लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्षमा कर र गैरकर गरी ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले यसपालि १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यही बेला आयात घटेको तथ्यांक सार्वजनिक भएको छ । यसले राजस्वका नयाँ स्रोत खोज्न र अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन अल्छी गर्ने सरकारी निकायहरू साविकका करदातालाई निचोर्न अग्रसर हुने र व्यावसायिक वातावरण थप बिग्रने चिन्ता बढेको छ ।  आन्तरिक आर्थिक गतिविधि सुस्त हुँदा आयात र निर्यात दुवै घटेको हो । भन्सार विभागका अनुसार चालू आवको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड बराबरको वैदेशिक व्यापार भएको छ । पोहोर साउनमा वैदेशिक व्यापारका आकार १ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँ बराबर थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष साउनको वैदेशिक व्यापार २ दशमलव २८ प्रतिशत कम हो । साउनमा आयात–निर्यात दुवै घटेको छ । आयात १ दशमलव ५६ प्रतिशतले घटेर १ खर्ब २९ अर्बमा सीमित भएको छ । निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेर १३ अर्ब ५२ करोड कायम भएको भन्सार विभागले बताएको छ ।  आयात–निर्यात दुवै घट्दा व्यापारघाटा पनि शून्य दशमलव ६६ प्रतिशतले घटेको छ । पोहोर साउनको व्यापारघाटा १ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा यसपालि १ खर्ब १५ अर्बमा ओर्लेको छ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि २०७९ वैशाखमा सरकारले निजी प्रयोजनका जिप कार भ्यान, हीरा, तयारी मदिरा, महँगा मोबाइल, बढी सीसी इन्जिन क्षमताका मोटरसाइकल, खेल्ने तास, केटाकेटीका खेलौनालगायत १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । राष्ट्र बैंकले पनि आयात निरुत्साहित गर्ने नीति लिएको थियो । गतवर्ष साउनमा यी दुई कारणले आयात घटेको ठानिएको थियो । यसपालि त्यस्तो अवस्था नभए पनि आयात घटेको छ ।  अहिले विदेशी मुद्रा सञ्चिति सूचक सकारात्मक छ । सरकारले आयातमा लगाएको प्रतिबन्ध पनि हटाएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत आयात कर्जामा सहजीकरण गरे पनि वैदेशिक व्यापार घट्न पुगेको छ ।  साउनमा सबैभन्दा बढी सात अर्ब ३४ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यस्तै ५ अर्ब ४४ करोड ५९ लाख रुपैयाँको पेट्रोल, ३ अर्ब ८२ करोडको एलपीजी ग्यास आयात भएको छ । गतवर्षको तुलनामा डिजेलको आयात घटेको छ । पोहोर साउनमा ८ अर्ब ९८ करोड रुपैयाँको डिजेल आयात भएको थियो । पोहोर साउनमा पनि आयातको पहिलो नम्बरमा डिजेल थियो ।  बढी निर्यात भएका वस्तुको सूचीमा अलैंची, कार्पेट तथा आइरन, स्टील अगाडि छन् । साउनमा ९६ करोडको अलैंची निर्यात भएको छ । यस्तै ९५ करोड ६६ लाख रुपैयाँको कार्पेट र ५५ करोड ७३ लाखको आइरन, स्टिल निर्यात भएको छ ।  पोहोर साउनमा पेट्रोलियम पदार्थपछि बढी आयात भएको अप्रशोधित सोयाबिन र पाम आयलको आयात यसपालि घटेको छ ।

भारतलाई ८ अर्ब ३२ करोडको विद्युत् बिक्री, ५ अर्ब ३६ करोडको खरिद

नेपाल विद्युत् प्राधिकरणले गत ६ महिना (साउनदेखि पुससम्म) मा बिजुली बिक्री गरेर ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । सुक्खायाम लम्बिएर आयात बढाउनु परेपछि त्यसबापतको रकम समेत बाहिरिएको छ । अर्थात् चालु आर्थिक वर्षको हालसम्ममा विद्युत् आयात गर्दा ५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको प्राधिकरणले जनाएको छ ।

३ महिनामा ८ अर्ब ५३ करोडको मोबाइल आयात

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल (स्मार्टफोन) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।विभागले ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन आयात भएको छ । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा आयात हुनेमध्ये सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आउने गरेको छ ।यस अवधिमा चीनबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको स्मार

दुई महिनामा ८ अर्ब ३५ करोडको सुन आयात

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो २ महिनामा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा उक्त मूल्यको सुन नेपाल भित्रिएको हो ।यस अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको छ । यस बापत राज्यले १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।विदेशबाट यस अवधिमा ६ करोड ९१ लाख ग्राम चाँदी आयात भएको छ । आयातकर्ताले विदेशबाट चाँदी

८ महिनामा १३ खर्बको सामान आयात, ब्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा  नेपालले १३ खर्ब ८ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको सामान आयात गरेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३८.६४ प्रतिशतले बढेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ८  महिनामा नेपालले ९ खर्ब ४३ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ४७ अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ८२.९० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालले ८० अर्ब ७७ करोड बराबरको सामान निर्यात गरेको थियो  । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको ब्यापार घाटा ११ खर्ब ६० अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा ३४.५० प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालको ब्यापार घाटा ८ खर्ब ६३ अर्ब मात्रै थियो। ८ महिनाको अवधिमा  नेपालले डिजेल मात्र ८७ अर्ब ८३ करोडको आयात गरेको छ ।  त्यस्तै ४० अर्ब ६४ करोडको एलपीजी ग्यास, तथा ३९ अर्ब ८५ करोडको पेट्रोल आयात गरेको छ ।  यस अवधिमा नेपालले  ४१ अर्ब ४० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा २ अर्ब बढी राजस्व संकलन

माघ ३, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को ६ महीनाको अवधिमा कुल रू. १३ अर्ब ५६ करोड राजस्व संकलन गरेको छ ।  यस अवधिको लागि कार्यालयलाई तोकिएको राजस्व असुली लक्ष्य रू. ११ अर्ब ७२ करोडको तुलनामा संकलित राजस्व ११५ दशमलव ७ प्रतिशत हुन आउँछ ।  त्यसैगरी, गत आर्थिक वर्ष २०७७/७८ को प्रथम ६ महीनाको कार्यालयले गरेको राजस्व असुली रू. ८ अर्ब ४ करोडको तुलनामा चालू वर्षको सोही अवधीको राजस्व असुली ६८ दशमलव ६ प्रतिशतले वृद्धि भएको हो ।  पछिल्लो अवधिमा विशेषगरी विदेशबाट आयात हुने वस्तुको भन्सार जाँचपास गर्दा मूल्यांकनमा गरिएको सुधार एवम् यात्रुले ल्याउने सुन तथा सुनका गहना र मोबाईलको प्रभावकारी नियमनले गर्दा नै राजस्व असुलीमा यस किसिमको सफलता प्राप्त हुन सकेको हो ।  साथै, कर्मचारीको कार्यक्षमतामा अभिवृद्धि गर्नका लागि कार्यालयले आयोजना गरेका विभिन्न तालिमको कारणले पनि उनीहरूको कार्य सम्पादनमा बढोत्तरी हुँदै गएको छ ।

दैनिक करिब ६ करोडको तरकारी आयात

८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै […]

१० महीनामा  एक खर्बको निर्यात : १२ खर्ब ५४ अर्ब ११ करोडको मालवस्तु आयात

जेठ ३१, काठमाडौं । मुलुकको कुल वस्तु निर्यात १ खर्ब रुपैयाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महीनाको विवरणमा कुल वस्तु निर्यात १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँ बराबर पुगेको उल्लेख छ । यसले क्रमशः नेपालको वस्तु निर्यात बढ्दै गएको देखिएको छ ।            यो गत आवको सोही अवधिको तुलनामा ३२ दशमलव २ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ दशमलव ५ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।      बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३५ दशमलव ८ प्रतिशतले र अन्य मुलुकतर्फ २५ दशमलव ३ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै, चीनतर्फ निर्यातमा भने १८ दशमलव ४ प्रतिशतले कमी आएको छ ।      वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको बैंकको विवरणमा उल्लेख छ ।       आर्थिक वर्ष २०७७/ ७८ को १० महीनामा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट २९ दशमलव ८ प्रतिशत, चीनबाट १७ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।            वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।निर्याततर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालू आवको १० महीनामा कुल वस्तु व्यापार घाटा २१ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४ दशमलव २ प्रतिशतले घटेको थियो ।रासस