काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा देशभरका विमानस्थल निर्माणका लागि २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। देशभरका विमानस्थलको स्तरोन्नत्ति तथा नयाँ विमानस्थल निर्माणका लागि उक्त बजेट छुट्याएको हो। अर्थमन्त्री विष्णु पौडेलले सबैभन्दा बढी बजेट पोखरा क्षेत्रीय विमानस्थललाई ८ अर्ब रुपैयाँ छुट्याएको छ।