भारतमा अब पर्याप्त रेमडिसिभिर

एजेन्सी। कोरोनाविरुद्ध उपयोगीसिद्ध ‘रेमडिसिभिर’ अब भारतमा अभाव नहुने भएको छ। अब त्यहाँ यो औषधि प्रतिमहिना एक करोड तीन लाख सिसी उत्पादन हुन थालेको छ। यसअघि मासिक ३८ लाख सिसी उत्पादन हुन्थ्यो। सरकारले मे १६ सम्मका लागि आवश्यक रेमडिसिभिर सबै राज्यलाई बाँडिसकेको बताएको छ। भारतमा कोरोना अनियन्त्रित बन्दै गएपछि रेमडिसिभिर अभाव हुन थालेको थियो। भारतमा यो औषधि ६ वटा कम्पनीले बनाउँछन्।

सम्बन्धित सामग्री

रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल भित्रियो (कुन अस्पतालले कति पाए)

रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल भित्रिएको छ। आयान हेल्थ केयर प्रा.लिले इन्सेप्टा फार्मास्युटिकल्स बंगलादेशबाट उत्पादित नीनाभीर इन्जेसक्न रेमडिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ।

रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल आउँदै

रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल आउँदैछ। बुधबार या बिहीबारसम्ममा रेमडिसिभिरको थप भाइल नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रेमडिसिभिर औषधि अभाव

काठमाडौं, बैशाख १५ । कोरोना संक्रमणका बिरामी बढेसँगै यसको उपचारमा आवश्यक रेमडिसिभिर औषधिको अभाव भएको छ। यो औषधिको प्रयोगले गम्भीर तहका कोरोना संक्रमितलाई संक्रमण अवधि कम गर्न सहयोग गर्छ। टिचिङ अस्पतालको फार्मेसीमा चार दिनदेखि यो औषधिको अभाव भएपछि अन्य अस्पतालबाट ल्याएर संक्रमितको उपचार गरिएको अस्पतालका छातीरोग विशेषज्ञ डा निरज बमले बताए। फार्मेसीहरूमै यो औषधि नभएको […]

औषधि व्यवस्था विभागले दियो रेमडिसिभिर औषधि ल्याउन अनुमति

बंगलादेशमा उत्पादित ३० हजार भाइल रेमडिसिभिर औषधि आयातका लागि विभागले अनुमति दिएको हो।

रेमडिसिभिर निर्माता कम्पनीकै अधिकारी औषधि ‘कालोबजारी’मा, गुजरातबाट पक्राउ

काठमाडौं। कोरोनाविरुद्धको इन्जेक्सन रेमडिसिभिर निर्माता कम्पनी बु्रक फर्माका टेक्निकल डाइरेक्टर र उनका सहयोगी गुजरातको भाल्सादबाट पक्राउ परेका छन्। उनीहरूलाई रेमडिसिभिर इन्जेक्सन कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको ‘दि हिन्दुस्तानटाइम्स’ले लेखेको छ। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा अक्सिजन, अस्पताल र भ्याक्सिनको अभावसमेत त्यहाँ हुन थालेको छ। इन्जेक्सनको ६० हजार भाइल निर्यात गर्न लागेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

भारत सरकार रेमडिसिभिरको उत्पादन बढाउँदै

काठमाडौं। भारतमा कोरोना विरुद्धको औषधि रेमडिसिभिरको माग व्यापक बढ्न थालेपछि त्यसको उत्पादन बढाउन लागिपरेको छ। भारतमा दैनिक सवा दुई लाखभन्दा बढी संक्रमित फेला पर्न थालेपछि बजारमा रेमडिसिभिर अभाव हुन थालेको छ।सरकारले पाँच दिनभित्र सबै क्षेत्रमा गरेर ६ लाख ६९ हजार रेमडिसिभिर इन्जेक्सनको सिसी उपलब्ध गराएको बताएको छ। रेमडिसिभिरबारे आशंका कायमै रहे पनि यसको आपत्कालीन प्रयोग भारतलगायतका देशमा स्वीकृत छ।(एजेन्सी)

गुजरातमा रेमडिसिभिर बाँडेपछि भाजपा विवादमा

३१ चैत, काठमाडौं । भारतको गुजरातस्थित सूरत सहरमा भारतीय जनता पार्टी (भाजपा)ले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचारमा उपयोगी मानिएको रेमडिसिभिर औषधि वितरण गरिरहेको छ । गुजरातमा यो औषधि अभाव भइरहेको बेला भाजपा गुजरातका अध्यक्ष सीआर पाटिलले आफ्नो पार्टीले पाँच हजार वितरण गर्ने बताएका थिए । यस्तोमा निःशुल्क कोरोना संक्रमणको औषधि वितरण गर्ने भाजपाको घोषणाबारे धेरै […]