रेमडिसिभिर निर्माता कम्पनीकै अधिकारी औषधि ‘कालोबजारी’मा, गुजरातबाट पक्राउ

काठमाडौं। कोरोनाविरुद्धको इन्जेक्सन रेमडिसिभिर निर्माता कम्पनी बु्रक फर्माका टेक्निकल डाइरेक्टर र उनका सहयोगी गुजरातको भाल्सादबाट पक्राउ परेका छन्। उनीहरूलाई रेमडिसिभिर इन्जेक्सन कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको ‘दि हिन्दुस्तानटाइम्स’ले लेखेको छ। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा अक्सिजन, अस्पताल र भ्याक्सिनको अभावसमेत त्यहाँ हुन थालेको छ। इन्जेक्सनको ६० हजार भाइल निर्यात गर्न लागेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

सम्बन्धित सामग्री

विराटनगरमा रेमडिसिभिर भनी अर्कै औषधि बिक्री

२४ वैशाख, विराटनगर । विराटनगरमा कोरोना संक्रमितको उपचारका प्रयोग गरिने रेम्डेसिभिर भनी अर्कै औषधि बिक्री गर्ने गिरोह सक्रिय भएको पाइएको छ । शुक्रबार नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरीका अनुसार रेमडिसिभिरको नक्कली कारोबार गर्ने गिरोह नै सक्रिय छ । सो […]

रेमडिसिभिर : पहिले कालोबजारी, अहिले नि:शुल्क पनि भारी

२२ भदौ, वीरगञ्ज । भदौ ६ गते शनिबार प्रहरीले बारा घर भई वीरगञ्जको एक निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ताहिर हुसैन अन्सारीलाई पक्राउ गर्‍यो । गम्भीर किसिमको कोभिड १९ संक्रमितका लागि प्रभावकारी मानिएको औषधि रेमडिसिभिर कालोबजारी …