मुख्यमन्त्री पोखरेलले विश्वासकाे मत लिने

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विश्वासको मत लिन तयार हुनुभएको छ । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार देखिनुभएको हो । ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’, सरकारका प्रवक्ता बैजनाथ चौधरीले भन्नुभयो ।प्रदेश सरकारले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले भन्नुभयो, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि सुरु भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपा...

सम्बन्धित सामग्री

चाैंथाे पटक विश्वासकाे मत लिँदै मधेस प्रदेश सरकारका मुख्यमन्त्री यादव

जनकपुरधाम- मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो कार्यकालको करिब १५ महिना पूरा नहुँदै चौंथो पटक विश्वासको मत लिँदैछन्। प्रदेश सरकारबाट नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले पुन: विश्वासकाे मत लिनुपर्ने भएकाे हाे। गत शुक्रबार कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियाे। नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले गत सोमबार कांग्रेसका मन्त्रीलाई हटाउँदै […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत

काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।  ९३ सदस्यीय प्रदेश सभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा मत दिएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिएका छन् । कांग्रेसका सांसद प्रदीपकुमा सुनुवार अनुपस्थित हुनुहुन्थ्याे ।   मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सबलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताउनुभयो । उ...

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासकाे मत

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएकाे छ ।  आज शुक्रवार बसेकाे गण्डकी प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानकाे धारा १६८ काे उपधारा ४ अनुसार विश्वासकाे मत माग्नुभएकाे थियाे ।  मतदानमा अधिकारीकाे पक्षमा ३१ मत खसेकाे हाे । उहाँकाे विपक्षमा २७ मत खसेकाे छ । ६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित रहाँदा सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल सभामुखको भूमिकामा हुनुहुन्छ ।  एक स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र एमालेका ३३ सांस...

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासकाे मत

काठमाण्डाै – प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाकाे आज बुधवारकाे बैठमा मुख्यमन्त्री राईले विश्वासकाे मत पाउनुभएकाे हाे ।  प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत प्राप्त गर्नुभएको छ । ७९ मत खसेकोमा राईको विपक्षमा २९ मत परेको छ । एमालेका १० जना सांसद आजकाे बैठकमा उपस्थित भएनन् । ९३ सदस्य रहेको प्रदेश सभामा अहिले कायम सङ्ख्या ९२ छ । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कात्तिक १६ गते प्रदेश १ मा नेकपा ए...

मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत

काठमाण्डाै – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासकाे मत पाउनुभएकाे छ । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेश सभाको विश्वास रहेको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयाे । आज साेमवार प्रदेश सभामा भएकाे मतदानमा मुख्यमन्त्री पाण्डेकाे पक्षमा ५९ मत खसेकाे हाे । त्यस्तै उहाँकाे विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेकाे छ ।प्रदेश सभामा एक सय नाै रहेक...

वाग्मतीका मुख्यमन्त्री पाण्डेले माग्नुभयाे विश्वासकाे मत

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज साेमवार प्रदेश सभामा विश्वासको मत माग्नुभएकाे छ । सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेर विश्वासकाे मत माग्नुभएकाे हाे ।    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत...

वाग्मतीका मुख्यमन्त्री पाण्डेले तिहारलगत्तै विश्वासकाे मत लिने

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तिहारलगत्तै कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासकाे मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिएर मात्र अरू मन्त्रीहरू थप्ने र मन्त्रालयहरू फुटाउने तयारी गर्नुभएको हो ।  मुख्यमन्त्रीका रूपमा शपथ लिएको एक महिनाभित्रमा विश्वासकाे मत लिने समय भए पनि उहाँले कात्तिक २२ गते विश्वासकाे मत लिन लाग्नुभएको हो । विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेश सभामा पत्र पठाइ सकिएको छ ।  मुख्यमन्त्रीले विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री...

गण्डकीका मुख्यमन्त्री पाेखरेललाई विश्वासकाे मत !

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासकाे मत पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गर्नुभयो ।यसअघि तिनै ३१ जनाको समर्थनमा उहाँ गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासकाे मत लिनुभएको हो ।&n...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासकाे मत लिने

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु हुने भएकाे छ । उहाँले विश्वासकाे मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । अल्पमतकाे सरकार भएकाले मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट विश्वासको मत लिनु भन्दा दुई दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिवालयले जना...

'फ्लाेर क्रस' गरेर विश्वासकाे मत दिएका कर्णालीका चार सांसद पदमुक्त

सुर्खेत – कर्णाली प्रदेशका चार सांसदको पदमुक्त भएको छ । एमालेका चार सांसदले 'फ्लोर क्रस' गरेर सरकारलाई विश्वासकाे मत दिएपछि एमालेले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पदमुक्त गरेको थियो । सोमवार बसेको कर्णाली प्रदेश सभा बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरूले दल त्याग गरेको सूचना प्रदेश सभा सचिवालयमा प्राप्त भएको र राजनीतिक दल सम्बन्धी ऐन र प्रदेश नियमावली अनुसार पद रिक्त भएको जानकारी दिनुभयो ।  गएकाे वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दलको ह्विप विपरीत प्रकाश ज्वाला, ...