काठमाण्डाै – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासकाे मत पाउनुभएकाे छ । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेश सभाको विश्वास रहेको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयाे । आज साेमवार प्रदेश सभामा भएकाे मतदानमा मुख्यमन्त्री पाण्डेकाे पक्षमा ५९ मत खसेकाे हाे । त्यस्तै उहाँकाे विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेकाे छ ।प्रदेश सभामा एक सय नाै रहेक...