कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनु हुने भएकाे छ । उहाँले विश्वासकाे मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । अल्पमतकाे सरकार भएकाले मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट विश्वासको मत लिनु भन्दा दुई दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिवालयले जना...