सुर्खेत – कर्णाली प्रदेशका चार सांसदको पदमुक्त भएको छ । एमालेका चार सांसदले 'फ्लोर क्रस' गरेर सरकारलाई विश्वासकाे मत दिएपछि एमालेले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पदमुक्त गरेको थियो ।
सोमवार बसेको कर्णाली प्रदेश सभा बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरूले दल त्याग गरेको सूचना प्रदेश सभा सचिवालयमा प्राप्त भएको र राजनीतिक दल सम्बन्धी ऐन र प्रदेश नियमावली अनुसार पद रिक्त भएको जानकारी दिनुभयो ।
गएकाे वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दलको ह्विप विपरीत प्रकाश ज्वाला, ...