मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तिहारलगत्तै कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासकाे मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिएर मात्र अरू मन्त्रीहरू थप्ने र मन्त्रालयहरू फुटाउने तयारी गर्नुभएको हो ।
मुख्यमन्त्रीका रूपमा शपथ लिएको एक महिनाभित्रमा विश्वासकाे मत लिने समय भए पनि उहाँले कात्तिक २२ गते विश्वासकाे मत लिन लाग्नुभएको हो । विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेश सभामा पत्र पठाइ सकिएको छ ।
मुख्यमन्त्रीले विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री...