जनकपुरधाममा कोरोना अस्पताल सञ्चालन

काठमाडौं। जनकपुरधाममा १०० वेड क्षमताको कोरोना विशेष अस्पताल सञ्चालन भएको छ। जिल्ला प्रशासन कार्यालय जनकपुरका अनुसार मुजेलियास्थित मणिपाल अस्पतालको प्रयोगमा नआएको भवन मर्मत गरी प्रदेश सरकारले अस्पताल सञ्चालन गरेको हो।

सम्बन्धित सामग्री

सियारी गाउँपालिकामा ७० लाखको लगानीमा कोरोना अस्पताल निर्माण

काठमाडौँ। कोरोनाको महामारीलाई ध्यानमा राखी सियारी गाउँपालिका-२ मा तीन महिना २० दिनभित्र अर्घाखाँची सिमेन्टको सहयोगमा निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद चौधरीले बताएका छन्। करिब ७० लाखको लागतमा निर्माण भएको उक्त भवनलाई २५ बेड क्षमताको कोरोना अस्पताल बनाउने र आवश्क परेमा तीन तल्लासम्म बढाउने कुरा भएको चौधरीले बताए।

धनगढीमा ५० शैयाको कोरोना अस्पताल सञ्चालन

कैलालिको  धनगढीमा ५० शैयाको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।  निवर्तमान उद्योग वाणिज्य आपूर्ति मन्त्री लेखराज भट्टका स्वकिय सचिव हितेश ओझाले धनगढीको गेटा मेडिकल कलेजमा ५० शैयाको कोरोना केयर अस्पताल सञ्चालनमा आएको हो । ५ सय शैयाको कोरोना अस्पताल सञ्चालनमा ल्याउने भनिएपनि अहिले अक्सिजन, स्वास्थ्यकर्मी लगायतका अभावले गर्दा ५० शैया मात्रै सञ्चालनमा ल्याएको हितेश ओझाले जानकारी दिए ।  ‘हामीले ५ सय शैयाबाट शुरु गर्ने भनेका थियौँ अब जती शैया तयार छन्  त्यतीबाटै शुरु गरौं भनेर ५० शैय्याबाट शुरुवा...

जनकपुरमा १०० शय्याको कोरोना अस्पताल निर्माण गर्दै प्रदेश २ सरकार

जनकपुरधाम : कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएपछि प्रदेश २ सरकारले  १०० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित मणिपाल अस्पतालमा भवनमा अस्पताल निर्माण सुरु गरिएको हो। उक्त भवन वर्षौंदेखि निर्माण रोकिएको थियो।प्रदेश सरकारले गत वर्ष नै कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरे पनि ठाउँ खोज्नेबाहेक काम भएन। सरकारको चौतर्फी आलोचना र कोरोनाको दोस्रो लहर आएपछि अस्पताल निर्माण कार्य पुनः अगाडि बढाइएको छ।मुख्यमन्त्रीको प

रौतहटको गौर नगरपालिकाद्वारा २० बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन

दिनदिनै कोरोना भाइरसले विस्तार रुप लिइरहेको समयमा रौतहट जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिकाले मंगलवारदेखि २० बेडको अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको छ । गौर नर्सिंग इन्स्टिच्युटको भवनमा नपाले अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको हो ।...

पञ्चपुरीमा अस्थायी कोरोना अस्पताल संचालन

सुर्खेत : सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिकाले अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। उक्त अस्पतालमा अक्सिजन सहितको ५० शैयाको आइसुलेसन कक्ष रहेको छ।कोरोनाको दोस्रो चरणको संक्रमण बढेसँगै नगरपालिका– ५ को बाबियाचौरमा रहेको विद्युत सब स्टेसनको घरलाई अस्थायी कोरोना अस्पतालको रुपमा प्रयोग गर्ने गरी कोरोना अस्पताल सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र सालकोट र वीरेन्द्रनगर लैजानको लागि एम्बुलेन्स

पर्वतको जलजलामा २० शय्याको कोरोना अस्पताल सञ्चालन

जिल्लाको जलजला गाउँपालिकाका २० शय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ । जलजला–८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो । मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुङ्गा सडकको नजिकै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनका अनुसार अस्पतालमा अहिले छ शय्यामा अक्सिजन जडान गरिएको छ भने बाँकी शय्याका लागि पनि अक्सिजन व्यवस्थापनको तयारी भइरहेको छ । गाउँपालिकाले आफैँ अक्सिजन खरिद गरेर अस्पतालमा उपलब्ध गराएको छ । दोस्रो लहरको कोभिडबाट जलजलाभित्र तीन जनाको ज्यान गइ...

म्याग्दीमा कोरोना अस्पताल पुनः सञ्चालन

दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिन थालेपछि बन्द भएका कोरोना अस्पताल र आइसोलेशनमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गरेर पुनः सञ्चालन गर्न थालेका हुन्।

गौर नगरपालिकाका निजि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय

रौतहट। गौर नगरपालिका र डीसीसीएमसीसँगको मंगलबार भएको बैठकमा नीजि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय भएको नगर प्रमुख अजयकुमार गुप्ताले बताए। गौर नगरपालिकामा मंगलबारसम्म ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाले आफ्नै पहलमा कम्तिमा १० वेड क्षमता भएको भेन्टिलेटरसहितको कोरोना अस्पताल बनाउन लागेको गुप्ताले बताए। आवश्यक परे वेडको संख्या वृद्धि गरिने उनले जनाए।

जानकी मेडिकल कलेजमा आजदेखि कोरोना अस्पताल सञ्चालन

काठमाडौं। स्वास्थ्य मन्त्रालय र जानकी मेडिकल कलेजको समन्वयमा आजदेखि जानकी मेडिकल कलेजमा कोरोना अस्पताल सञ्चालनमा आएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। जिल्लामा संक्रमितको संख्या ६५० पुगेसँगै मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। जनकपुर उपमहानगरपालिकाले ३७ वेड र प्रदेशिक अस्पतालले ६३ वेड क्षमताको कोभिड अस्पताल निर्माण गरेको छ। मडिपाल मेडिकल कलेजलाई पनि कोरोना अस्पताल बनाउने तयारीमा रहेको उनले बताए।

सप्तरीका ६ स्थानीय तहमा मात्र कोरोना अस्पताल

कोरोना भाइरसको संक्रमणको दोस्रो लहर सुरु भइसक्दा सप्तरीका १८ मध्ये ६ वटा स्थानीय तहले मात्रै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् । अस्पताल सञ्चालनका लागि ६ महिनाअघि नै प्रत्येक पालिकालाई १० लाख...