पञ्चपुरीमा अस्थायी कोरोना अस्पताल संचालन

सुर्खेत : सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिकाले अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। उक्त अस्पतालमा अक्सिजन सहितको ५० शैयाको आइसुलेसन कक्ष रहेको छ।कोरोनाको दोस्रो चरणको संक्रमण बढेसँगै नगरपालिका– ५ को बाबियाचौरमा रहेको विद्युत सब स्टेसनको घरलाई अस्थायी कोरोना अस्पतालको रुपमा प्रयोग गर्ने गरी कोरोना अस्पताल सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र सालकोट र वीरेन्द्रनगर लैजानको लागि एम्बुलेन्स

सम्बन्धित सामग्री

अस्थायी कोरोना अस्पतालमा बेड अभाव

कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको प्रादेशिक्ष शैक्षिक तालिम केन्द्रमा संचालनमा ल्याइएको अस्थायी कोरोना अस्पतालमा संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन बेडको कमी देखिएको छ। जेठ १६ गते देखि कलैया जिल्ला अस्पतालको बिकल्प रुपमा प्रादेशिक शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल संचालन ५० वटा आइसोलेसन बेडबाट संचालनमा ल्याइएको हो।

गण्डक अस्पतालमा कोरोना विशेष अस्पताल

वीरगन्ज महानगरपालिकाको अग्रसरतालाई विभिन्न आरोेप र आक्षेप लगाएपनि अन्तत महानगरपालिकाले लिएको अग्रसरताले नै सार्थकता पाएको छ । हाल कोरोना संक्रमितको उपचार भइरहेको नारायणी अस्पताललाई पूर्ववत स्वास्थ्य सेवा दिने अस्पतालका रूपमै परिणत गर्ने र गण्डक अस्पताललाई नारायणी अस्पतालकै ईकाईको रूपमा कोरोना अस्पताल संचालन गर्ने निर्णय सहितको पत्र लिएर तीन सदस्यीय टोली वीरगन्ज आएर सरोकारवालासँग छलफल गरि निर्णय गरेकोे छ । स्वास्थ्य तथा जनसंख्या मंत्रालयले पठाएको बिज्ञ टोली, प्रदेश सरकारको स्वास्थ्य मंत्रालयका प्रतिनिधि तथा वीरगंज महानगरपालिका वीचमा शनिवार बिहान भएको बैठकले गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।