जनकपुरधाम : कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएपछि प्रदेश २ सरकारले १०० शय्याको कोरोना अस्पताल निर्माण सुरु गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित मणिपाल अस्पतालमा भवनमा अस्पताल निर्माण सुरु गरिएको हो। उक्त भवन वर्षौंदेखि निर्माण रोकिएको थियो।प्रदेश सरकारले गत वर्ष नै कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरे पनि ठाउँ खोज्नेबाहेक काम भएन। सरकारको चौतर्फी आलोचना र कोरोनाको दोस्रो लहर आएपछि अस्पताल निर्माण कार्य पुनः अगाडि बढाइएको छ।मुख्यमन्त्रीको प