जिल्लाको जलजला गाउँपालिकाका २० शय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।
जलजला–८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो । मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुङ्गा सडकको नजिकै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनका अनुसार अस्पतालमा अहिले छ शय्यामा अक्सिजन जडान गरिएको छ भने बाँकी शय्याका लागि पनि अक्सिजन व्यवस्थापनको तयारी भइरहेको छ ।
गाउँपालिकाले आफैँ अक्सिजन खरिद गरेर अस्पतालमा उपलब्ध गराएको छ । दोस्रो लहरको कोभिडबाट जलजलाभित्र तीन जनाको ज्यान गइ...