काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दल र उम्मेदवारका पौने ४ करोडभन्दा बढी धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारले राखेको धरौटी र समानुपातिक तर्फ भाग लिन दलहरूले राखेको धरौटी रकम जफत भएको हो।जफत भएको कूल धरौटी रकम जोड्दा ३ करोड ७८ लाख ५५ हजार रूपैयाँ हुन आउँछ ।प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदव