शरणार्थी नेता टेकनाथ रिजालले धरौटी रकम बुझाए

काठमाडौँ : भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आज काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन्। उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि सम्पत्ति शुद्धिकरण विभागमा वयान दिन नपाउँदा रिजाल जेलमै पुगेका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजल