झापामा ९६१ जना उम्मेदवारको धरौटी रकम जफत

झापा :  झापा जिल्लामा ९६१ जना उम्मेदवारको धरौटी अर्थात् जमानत रकम जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।जिल्लाका १५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी २ हजार ७८६ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये ३४ प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको हो।प्रमुख/अध्यक्षमा ८३, उपप्रमुख/उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ जना र महिला, दलित, खुल्ला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए।न

सम्बन्धित सामग्री

४२८५ जनाको धरौटी जफत

काठमाडौं, मंसिर २९ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन् । […]

दल र उम्मेदवारका पौने ४ करोड धरौटी रकम जफत

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दल र उम्मेदवारका पौने ४ करोडभन्दा बढी धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारले राखेको धरौटी र समानुपातिक तर्फ भाग लिन दलहरूले राखेको धरौटी रकम जफत भएको हो।जफत भएको कूल धरौटी रकम जोड्दा ३ करोड ७८ लाख ५५ हजार रूपैयाँ हुन आउँछ ।प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदव

चार हजार बढी उम्मेदवारको धरौटी रकम जफत

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने …

निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत

मंसिर ४ गतेको निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवार धरौटी रकम जफत भएको छ । निर्वाचन आयोगले बुधबार गरेको पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिइएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।जसअनुसार प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्र

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत

विसं. २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो।...

सिरहामा २१० उम्मेदवारमध्ये १७२ जनाको धरौटी जफत

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सिरहामा उम्मेदवार बनेका १७२ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका ७५ र प्रदेश सभाका ९७ गरी १७२ उम्मेदवारको धरौटी रकम जफत भएको...

किन बढ्दो छ उम्मेदवारको धरौटी जफत ?

२०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो। त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो। २०२० सालको गाउँ पञ्चायत निर्वाचनमा धरौटी रकम बढाएर ५ रुपैयाँ पुर्‍याइयो। त्यतिबेला सदर मतको (६ भागको एक भाग) मत नल्याए धरौटी जफत हुन्थ्यो।हरेक निर्वाचनमा धरौटी रकम पनि बढ्दै गएको देखिन्छ। आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार धरौटी निर्धारण गरिएको छ। २०१० सालको नगरपालिका निर्वाचनमा २६ जना उम्मेदवारको धरौटी

बागलुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।कूल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगरप्रमुख र उपप्रमुखका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कूल ४० हजार ४१८ मतदाता रहेकामा सो नगरपालिकाका १४ वडामा २५ हजार ७९२ मत खसेको थियो ।नगरपालिकामा खसेको २४ हजार ८०० मतमध्ये पाँच पार्टीका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत

बाग्लुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

बाग्लुङ – वैशाख ३० गते सम्पन्न पालिका चुनावमा बाग्लुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार मेयर र उपमेयरका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कुल ४० हजार ४ सय १८ मतदाता रहेकामा त्यस नगरपालिकाका १४ वडामा २५ हजार ७ सय ९२ मत खसेको थियो । नगरपालिकामा खसेको २४ हजार ८ सय मतमध्ये पाँच पार्टीका मेयर र उपमेयरका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी...

मल नल्याउने दुई कम्पनीको धरौटी रकम जफत

सम्झौता बमोजिम मल नल्याएपछि दुई कम्पनीको गरी ७ लाख ९६ हजार अमेरिकी डलर जफत गरिएको कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए।