इन्फिनिटीलाई नेपाल एग्रो लघुवित्त वित्तीय संस्था प्राप्ति गर्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं (अस) । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कास्कीको पोखरा महानगरपालिका–.१८ बिन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । दुवै संस्थाका सञ्चालक समितिबाट प्रारम्भिक सम्झौतालाई अनुमोदन गरी राष्ट्र बैंकमा सैद्धान्तिक सहमति प्राप्त गर्न निवेदन पेस गरिएकामा राष्ट्र बैंकबाट २०७८ जेठ ११ गते सैद्धान्तिक सहमतिपत्र प्राप्त भएको हो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजारभन्दा बढी सदस्यलाई सेवा पु¥याउँदै आएको छ । हाल संस्थाको ३ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने ८७ करोड निक्षेप छ ।

सम्बन्धित सामग्री

नेपाल एग्रोलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्तको एकीकृत कारोबार सुरु

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारसम्बन्धी औपचारिक कार्यक्रम नवलपुरको गैँडाकोटमा भएको हो ।  इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त...

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार भदौ ४ गतेदेखि शुरु

भदौ ३, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार भोलि (भदौ ४) बाट शुरु हुने भएको छ ।  दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते र नेपाल राष्ट्र बैंकले साउन १५ गते स्वीकृति दिएसँगै एकीकृत काराबोर गर्न लागेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुन लागेको हो । दुवै कम्पनीको असार २१ गते अलग अलग साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका हुन् ।  अब नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनीटी लघुवित्तको ९८ कित्ता शेयर हुनेछ ।

नेप्सेद्वारा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ बोनस शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीले उक्त बोनस शेयर वापतको ८० हजार १४२ दशमलव २६ कित्ता शेयर साउन ५ गते सुचिकृत गरेको हो । असार २१ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर […]

नेपाल एग्रो लघुवित्तको साधारणसभा, सञ्चालक समितिको अध्यक्षमा कर्मचारी निर्वाचित

काठमाडौँ / नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ बार्षिक साधारण सभा यही असार २१ गते सोमबार सम्पन्न भएको छ । कास्की जिल्लाको न्युरोड पोखरास्थिति सिटिस्क्वेयर

आज यी दुई कम्पनीको साधारण सभा आज हुँदै

काठमाडौं, २१ असार । आज तीन कम्पनीको साधारण सभा हुँदैछ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीले सभा आज हुने भएको हो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौ साधारण सभा न्यूरोड पोखरामा बिहान ९ बजे गर्ने भएको छ । साथै सभाले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद […]

नेपाल एग्रो लघुवित्तको कम्पनी सचिवको पदावधि थप

असार ८, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको पदावधि थप भएको छ ।   कम्पनी सचिव दिपक पराजुलीको पदावधि असार १ गते सकिएसँगै १२ महीना थपिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।कम्पनीको गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले उनको पदावधि थप गरेको हो ।

एग्रो लघुवित्तको कम्पनी सचिव पराजुलीको म्याद थप

काठमाडौं, ८ असार । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवको म्याद थप गरेको छ । गत जेठ ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले सचिवको म्याद थप गरेको हो । कम्पनी सचिव दिपक पराजुलीको म्याद असार १ गते सकिएपछि १२ महिना म्याद थपेको कम्पनीले जनाएको छ ।

१०० बराबर ९८ कित्ताको अनुपातमा इन्फिनिटीले नेपाल एग्रोलाई गाभ्ने, डाके साधारणसभा

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आपसमा गाभिने प्रस्ताव अनुमोदनका लागि साधारुणसभा डाकेका

नेपाल एग्रो लघुवित्तको साधारण सेयर खुल्यो

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरको बिक्री आइतबारदेखि सुरु भएको छ । सो संस्थाले १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँबराबरको १ लाख ६१ हजार ७ सय ७८ रुपैयाँ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।