असार ८, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको पदावधि थप भएको छ ।
कम्पनी सचिव दिपक पराजुलीको पदावधि असार १ गते सकिएसँगै १२ महीना थपिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।कम्पनीको गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले उनको पदावधि थप गरेको हो ।