इन्फिनिटी लघुवित्तको साधारणसभा : नेपाल एग्रोका १०० कित्ता शेयर हुनेले इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर पाउने
काठमाडौँ / नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रयोजनका लागि आयोजित इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।
सभाले मूल्याङ्कनकर्ता एबि
नयाँ सारथी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १० गते भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २३ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव: १) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने ।३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व.०७८/७९ को लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५(घ) वमोजिम लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने । ४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब.२०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १.० प्रतिशतले (बोनस शेयरको कर प्रयोजनको लागि मात्र) हुन आउने रकम रु.२५,४९,५४०।-(अक्षरेपी पचिस लाख उनन्पचास हजार पाचसय चालिस मात्र) नगद लाभांस छुट्याएकोमा उक्त रकमबाट एकिकृत कारोवार प्रारम्भ भएको मिति २०७७ आश्विन ०५ गते पश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा मात्र कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गर्ने । ५) साविक सारथी लघुवित्त वित्तीय संस्था, सत्यवती लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई एकिकृत कारोवार हुनु अघिसम्मको वित्तीय विवरण र लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने।विशेष प्रस्ताव ख) विशेष प्रस्तावहरु१) संचालक समितिले प्रस्ताब गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब.२०७७/७८ सम्मको संचित मुनाफाबाट हालको चुक्ता पूँजी २५,४९,५४,०००।-(अक्षरेपी पचिस करोड उनन्पचास लाख चौवन्न हजार मात्र) को १९% (उन्नाईस प्रतिशत) ले हुन आउने रकम रु.४,८४,४१,२६०।- (अक्षरेपी चार करोड चौरासी लाख एकचालिस हजार दुईसय साठी मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताब स्वीकृत गर्ने।२) सर्वसाधारणको लागि छुट्याएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्ने र सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने सम्बन्धमा ।३) थप सार्वजनिक निष्काशन (FPO) र बोनस शेयर वित्तरण पश्चात वित्तीय संस्थाको पूँजी बृद्धि हुने भएकोले पूँजी बृद्धि लगायतका विषयमाप्रबन्धपत्र/नियमावलीमा संशोधन गर्ने सम्बन्धमा।४) संचालक समितिको मिति २०७८ साल मंसिर १७ गते बसेको २८औं बैठकले प्रचलित कानून एव्म वित्तीय संस्थाको नियमावलीको अधिनमा रहि स्वतन्त्र संचालक पदमा एक कार्यकालको लागि श्री सृजना शर्मा (गौतम)लाई नियुक्त गरेकोमा सोको जानकारी सम्बन्धमा ।५) वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।६) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संसोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाब वा निर्देशन दिएमा सोहीअनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।
ग्रामिण विकास लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २८ गते शनिवार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ देखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: साधारण प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो प्रस्ताव उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण (अनुसूची सहित) उपर छलफल गरी पारित गर्ने । ३. बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७४/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।विशेष प्रस्ताव१. यस संस्थाको प्रवन्ध-पत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।२. ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एवम् अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद गर्ने लगायतका कार्यहरुसँग सम्वन्धितआवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा । ३. नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा कुनै संशोधन परिमार्जन थपघट वा परिवर्तन गर्नु पर्ने अवस्था भएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा । विविध प्रस्ताव१. नेपाल सरकार, अर्थमन्त्रालयसँग सहुलियतपूर्ण ऋणका लागि अनुरोध गर्ने सम्बन्धमा ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई लघुवित्त तथा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आठ प्रतिशत, विजय लघुवित्तको २० दशमलव ०३ प्रतिशत र महुली लघुवित्तको २६ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो।साधारणसभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।एनसीसी बैंकको समायोजनपछिको भाउ २६३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले आठ प्रतिशत बोनस
नेपाल स्टक स्क्स्चेन्ज एक्स्चेन्ज (नेप्से) मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजनपछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिश
नेपाल राष्ट्र बैंकले मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाको लाभांश स्वीकृत गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि बितरण गर्ने गरि नेपाल राष्ट्र बैंकले कम्पनीको लाभांश स्वीकृत गरेको हो । लघुवित्तको कात्तिक १६ गते बसेको ६६ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो। हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ। स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसंगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुलेको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १५ गते काभ्रेको साँगा स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब लगायतका सम्पूर्ण वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत अन्य उपयुक्त स्नास्थासँग गाभ्ने, गाभिने, प्राप्ति गर्ने लगायतका कार्यको लागि आवश्यक निर्णय र कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने तथा कुनै लघुवित्तको संस्था खरीद गर्नु परे वा अफ्नो शाखा बिक्रि गर्नु परे त्यस समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले यस अघि नै आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने प्रभु क्यापिटललाई अन्डरराइटर नियुक्त गरेको छ।राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २६ करोड पुग्ने छ । लघुवित्तमा नेपाल ग्रामिण विकास संस्था, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकको समेत लगानी छ ।
आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २७ गते शनिवार नुवाकोटको ककनीमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि १.३१ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २६ करोड ७१ लाख ३१ हजार रहेको छ ।त्यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने , लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै अन्य लघुवित्त वित्तीय संस्था प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने, संस्थाको डिडिए गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । ।
काठमाडौँ / नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ बार्षिक साधारण सभा यही असार २१ गते सोमबार सम्पन्न भएको छ ।
कास्की जिल्लाको न्युरोड पोखरास्थिति सिटिस्क्वेयर
काठमाडौं, २४ जेठ । नेपाल सेवा लघुवित्त कम्पनी लिमिटेडको आज साधारणसभा हुँदैछ । लघुवित्तको सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा हुने भएको हो। सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै संस्थासँग गाभ्ने सम्बन्धमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि गर्ने भएको छ । आर्थिक वर्ष २०७६ र ७७ को वासलात, […]
काठमाडौं, २१ जेठ । नेपाल सेवा लघुवित्त कम्पनी लिमिटेडको जेठ २४ गते साधारणसभा हुने भएको छ । लघुवित्तको सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा हुने भएको हो। सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै संस्थासँग गाभ्ने सम्बन्धमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि गर्ने भएको छ । आर्थिक वर्ष २०७६ […]