नेप्सेद्वारा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ बोनस शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीले उक्त बोनस शेयर वापतको ८० हजार १४२ दशमलव २६ कित्ता शेयर साउन ५ गते सुचिकृत गरेको हो । असार २१ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर […]

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्तले वितरण गर्‍यो २० प्रतिशत बोनस शेयर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर तिवरण गरेको छ । कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो । जेठ ८ गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको हो । यस वर्ष कम्पनीले बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पूरा गरी २०७८ साल भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । आयकर ऐन, २०६३ को दफा ५६ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेकाले सो मितिपश्चात् कायम शेयरधनीहरूले भने बोनस शेयरको कर तिर्नुपर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर कर तिर्नुपर्ने शेयरधनीहरूको बोनस शेयर कर रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने बताएको छ । कम्पनीले चुक्तापुँजी रू. ४१ करोड ४५ लाख १३ हजारको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनसपछि चुक्तापूँजी रू. ४९ करोड ७४ लाख १६ हजार कायम भएको छ ।  लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

इन्फिनिटी लघुवित्तद्वारा २९.१६ % लाभांश प्रस्ताव

मंसिर ५, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आव २०७७/  ७८ को मुनाफाबाट शेयरधनीलाई २९ दशमलव १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  कम्पनीले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात आव २०७७/  ७८ सम्मको वितरण योग्य मुनाफाबाट २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।   उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको शनिवार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल एग्रोको १४ प्रतिशत बोनश शेयरधनीको हितग्राही खातामा

काठमाडौं, ११ साउन । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले बोनश शेयर शेयरधनीको सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तले एक सुचना जारी गर्दै १४ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जानकारी दिएको हो । कम्पनीको अनुसार असार २१ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनश शेयर शेयरधनीको सम्बन्धीत […]

नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचीकृत

साउन ५, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको ८० हजार १४२ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले असार २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । नेपाल एग्रो लघुवित्तलाई इन्फिनीटी लघुवित्ते प्राप्ति गर्ने भएसँगै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ ।

आज यी दुई कम्पनीको साधारण सभा आज हुँदै

काठमाडौं, २१ असार । आज तीन कम्पनीको साधारण सभा हुँदैछ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीले सभा आज हुने भएको हो । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौ साधारण सभा न्यूरोड पोखरामा बिहान ९ बजे गर्ने भएको छ । साथै सभाले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद […]

नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको शेयरमूल्य समायोजन

असार ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संथा लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले नागरिक लगानी कोषको ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३ हजार ७४३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. ४ हजार ८० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले ९ प्रतिशत बोनस शेयर ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार १८ गते २६औं सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै, नेप्सेले नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५४९ तोकेको छ । सोमवार कम्पनीको रू. ६२६ मा कम्पनीको अन्तिम कारोबार भएको थियो ।  कम्पनीले पाँचौं वार्षिक साधारण सभा असार ३१ गतेलाई तय गरेको छ । सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे शुरु हुनेछ ।  सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित प्रस्ताव गर्नेछ ।   दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा सोमवारसम्म कायम शेयरधनीहरुले मात्र दुवै कम्पनीको सभामा भाग लिन सक्ने भएका छन् ।

प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

असार २, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव आगामी असार २१ गते पारित हुने भएको छ ।  इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले पाचौं वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन् । इन्फिनिटी लघुवित्तले कम्पनीको केन्द्रीय कार्यायल गैडाकोटमा विहान ९ बजे सभा बोलाएको हो भने नेपाल एग्रो लघुवित्तले सिटिस्क्वेयर प्रालि, न्यूरोड, पोखरामा विहान ९ बजे सभा बोलाएको हो ।  नेपाल एग्रो लघुवित्तले प्राप्ति प्रस्तावसहित गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार को आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ४ लाख २१ हजार ८०१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । दुबै कम्पनीको सभाबाट प्राप्ति सम्बन्धि सम्झौता लगायत सञ्चालक समितिबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै थप कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाईनै दिने निर्णयसमेत गर्नेछ । यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुबै कम्पनी बीच भएको छ ।  दुबै कम्पनीले सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।