२ पुस, काठमाडौं । बोटलर्स नेपाल (तराई)ले प्रतिकित्ता ६० रुपैयाँ लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २७ गतेका लागि सोल्टी होटलमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले यसअघि घोषित प्रतिकित्ता सेयर बराबर ६० रुपैयाँ नगद लाभांश पारित गर्नुका साथै गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह […]
काठमाडौं – कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले एकआपसमा गाभिनका लागि विशेष साधारणसभा बोलाएका छन्। दुवै बैंकले मंसिर २५ गते साधारणसभामा सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) देखि मर्जर स्वीकृतको एजेन्डामाथि छलफल गर्न लागेका हुन् । दुवै बैंक बराबर हैसियतमा गाभिने छन्। दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। […]
अपर तामाकोसी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार वार्षिक साधारणसभा बस्ने भएको छ । १ः १ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको हो । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो ।१७ साउनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एकजना महिलासहित चारजना सञ्चालनको निर्वाचन गर्न
अपर तामाकोसी हाइड्रो पावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभाको सूचना जारी गरेको छ । एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित ३ भदौमा वार्षिक साधारणसभा बोलाएको हो ।साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज हुने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक महिलासहित चारजना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पन
काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । काठमाडौँमा भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर २० का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित […]
काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर रु. २० (बीस) का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा […]
नेपाल फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख ३ गते होटेल एल्लो प्यागोडामा सभा आह्वान गरेको हो ।कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले हालै मात्र नेपाल धितोपत्र बोर्डबाट १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ। यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :क) साधारण प्रस्तावहरु : १. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारितगर्ने। २. लेखापरिक्षण प्रतिवेदन सहितको आ.ब.०७७/७८ को वासलात, २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण (संलग्न अनुसूचीहरु सहित) को छलफल गरी पारित गर्ने।३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने। ४. संस्थाको नियमावली अनुसार संस्थापक शेयरधनीहरुको तर्फवाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद ४ (चार) र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ (एक) को निर्वाचन गर्ने । (ख) विशेष प्रस्तावहरु : १. संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा संस्थाको चल-अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन (Due Diligence Audit-DDA) गर्ने मान्यता प्राप्त मुल्याङ्कनकता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगाएतका गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।
नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २० गते मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरि कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् सभामा पेश हुने प्रस्ताव : क) सामान्य प्रस्ताव :१. आ.व. २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७७/७८ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।४.संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. १७,१८,३३,७५९.७५ बराबर (चुक्ता पूँजीमा १.८१ प्रतिशतका दरले) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने । ५. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व.२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने । ६. सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने ।विशेष प्रस्ताव १. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.३३,२२,७५,२२६.०३ बराबर (चुक्ता पूँजीमा ३.५० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । २. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पूँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालना गर्नका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा/नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ३.बैंकले आ.व. २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु. १,२१,१३,९२२.१७ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तरगत भएको खर्च रु. १,२१,१३,९२२.१७लाई अनुमोदन गर्ने । ४. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने /गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने/गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने। ५. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने । ६. विविध (अध्यक्षज्यूको अनुमतिमा)।