एजेन्सी।अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता भएका छन्।सो घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरू धेरै भवनको भग्नावशेषभित्र पुरिएका छन्।मायामी डेडकी मेयर डेनियला लेभिन-काभाले हालसम्म १०२ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्। बेपत्ता हुनेमा पाराग्वेकी प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान समेत छन्।