निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ । नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ । यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् । शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवितै उद्धार गरिएको थियो । सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्

सम्बन्धित सामग्री

इरानमा भवन भत्किँदा २ जनाको मृत्यु

काठमाडौँ- इरानमा एउटा भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ । मुलुकको पश्चिमा रहेको केरमानशाह प्रान्तमा तीन तले भवन भत्केको हो । ग्यास विस्फोटको कारणले दुर्घटना भएको बताइएको छ । केरमानशाहको पावेह काउन्टीको नौसुद सहरमा ग्यास विस्फोटका कारण तीन तले भवन भत्किएको राज्य समाचार एजेन्सी इर्नाले जानकारी दिएको छ । . ‘अहिलेसम्म दुईको ज्यान गइसकेको […]