हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।सोमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो। दुर्घटनाका बेला मिलमा एक सय ५० कामदार थिए। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ।भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख अनिश यादवले घटनाको छानबिन गर्न समिति गठन गरिन