चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् । देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् । भत्किएको आठ तले भवनमा होटल, अपार्टमेन्ट, सिनेमा हललगायत रहेका थिए । च्यापिएको ठाउँबाट मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको चाङशा नगरका मेयर झेङ जियाङछीनले जानकारी दिए ।“भत्किएको भवन भित्र च्यापिएका व्यक्तिहरूलाई निकाल्नका लागि उद्धारकर्मीहरुले अथक मेहनेत गर्नुभएको छ,” मेयर जियाङ्छीले