सुर्खेत : ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालनमा आएको छ। भेरी नदीको बिच बिचमा बेलिब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन हुन थालेको हो।करपगाड र खदाङमा बेलिब्रिज बनेपछि यो सम्भव भएको हो। दुई ठाउँमा बेलिब्रिज बनेपछि मालबाहक तथा सवारी साधन त्रिपुराकोटसम्म पुगेका हुन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिको त्रिपुराकोटमा गाडी पुगेपछि स्थानीय हर्षित छन्। त्रिपुराकोटकी मनमाया न्यौपानेले सडक पहिल्यै बने पनि गाडी ढिल