एमालेको प्रचारमा भारतीय गाडी

बैतडी : नेकपा एमालेले चुनावी प्रचारप्रसारका लागि  बैतडीमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ।एमालेका तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले आचारसंहिता विपरीत भारतीय गाडी प्रयोग गरेको भेटिएको हो। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भए पनि भट्टले भारतीय नम्बर प्लेटको गाडीमा एमालेको चुनाव चिह्न र झण्डा प्रयोग गरेका छन्।कुनै पनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न

सम्बन्धित सामग्री

बाराकाे वीरेन्द्र चाेकबाट भारतीय गाडी नियन्त्रणमा

बारा – बाराको सिम्रौनगढ नगरपालिका–१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटकाे गाडी (जीप) नियन्त्रणमा लिएकाे छ । बैरियाबाट सिम्रौनगढ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको भन्सार महसुल नतिरी चलाएको गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले हिजाे साेमवार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

गाजाँसहित भारतीय गाडी नियन्त्रणमा

मोरङ। मोरङ जिल्लाको विराटनगर महानगरपालिका १ स्थित नोवेल डेरी चोक ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले करीव १ सय २० के.जी. गाँजासहित गाडी नियन्त्रणमा लिएकोे छ । ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले गाँजासहित नियन्त्रणमा लिएको हो । चालक भने फरार छन्। नियन्त्रणमा […]

१ सय २० केजी गाजाँसहित भारतीय गाडी नियन्त्रणमा, चालक फरार

माेरङ – मोरङको विराटनगर महानगरपालिका १ काे नाेबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले झन्डै एक सय २० केजी गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ । आज बुधवार सुनसरीकाे इटहरीबाट विराटनगर जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् । नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

महोत्तरीमा स्वस्तिक छाप लगाएको मतपत्रसहित समातियो भारतीय गाडी

जनकपुरधाम : महोत्तरीमा स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ स्थित गौरीडाँडाबाट शुक्रबार राति ८ बजे स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।पँगेनीका अनुसार सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको २६२ थान नमूना मतपत्र फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो। पक्राउ परेको गाडी इल

‘चुनाव प्रचारप्रसारमा भारतीय गाडी प्रयोग गरेको पाइयो’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले भारतीय नम्बर प्लेटका सवारीसाधनको प्रयोग गरी चुनाव प्रचारप्रसार गरेको पाइएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । आइतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना विषयक छत्रफल कार्यक्रममा बोल्दै सचिव शर्माले यस्तो बताएका हुन् । उनले विशेष गरी तराईका जिल्लाहरूमा राजनीतिक दलका उम्मेद्वारहरुले भारतीय नम्बर प्लेटका गाडी र सरकारी गाडीमा पार्टीको झण्डा प्रयोग गरी प्रचार गरेको बताए

'चुनाव प्रचारप्रसारमा भारतीय गाडी प्रयोग गरेको पाइयो'

उनले विशेष गरी तराईका जिल्लाहरुमा राजनीतिक दलका उम्मेद्वारहरुले भारतीय नम्बर प्लेटका गाडी र सरकारी गाडीमा पार्टीको झण्डा प्रयोग गरी प्रचार गरेको बताए। उनले उम्मेद्वारहरुले पनि निर्वाचन आचारसंहीतामा ध्यान नदिएको पाइएकाले त्यसतर्फ थप निगरानी बढाउन आयोगको ध्...

फिल्मी शैलीमा उम्मेदवारको अघि–पछि भारतीय गाडी

बाँके २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इर्फान शेषले चुनावी र्‍यालीमा प्रयोग गरेका भारतीय गाडी भारतीय नम्बरप्लेटका यी गाडी बाँके २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इर्फान...

भारतीय गाडी प्रयोग गरेर जुलुस प्रदर्शन

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का उम्मेदवार इरफान अहमद शेषले भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेर चुनावी प्रदर्शन गरेका छन्। जनमत पार्टीका नेता शेषले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। किसान मजदुरको उपस्थितिमा शेषले भारतीय गाडी प्रयोग गरेर नेपालगञ्जमा चुनावी प्रदर्शन गरेका हुन्। जेसीभीको अगाडि उभिएर प्रदर्शनमा सहभागी भएका उम्मेदवार शेषले आफ्नो ब्यानर […]

स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी

वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन्। दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ। स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन्। यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग गर्दै आएका छन्। यसको फाइदा भारतीय व्यापारीले लिएको स्थानीय यातायात व्यवसायी बताउँछन्। कोरोना महामारीले गर्दा करिब दुई वर्ष सीमा नाकाहरू बन्द थिए। भारतीय गाडी नेपालमा देखिन छाड

भन्सार छलीमा रूपन्देही प्रहरीको कारबाही, पन्ध्र वटा भारतीय गाडी नियन्त्रणमा

भन्सार छलेर फलफूल ओसारिरहेका १५ वटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।